पोखरा । पोखरा-बागलुङ सडकखण्ड अन्तर्गत पर्ने घट्टे खोला नजिकै बस दु’र्घ’टना भएको छ । आज साझ अन्दाजी साढे ६ बजेको समयमा बेनी हुदै पोखरा आउदै गरेको ना ४ ख १५३१ नम्बरको बस दुर्घटना भएको हो ।

बसमा ११ जना यात्रु रहेका थिए । यात्रुहरु मध्य ८ जना घाइ’ते भएका छन् भने उनीहरुको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाले समय नेपाललाई जानकारी दिएका छन्।

प्रारम्भिक रुपमा घ’टनास्थल हेर्दा रातीको समयमा सडकमा बत्ती नभएको र बाटोमा रहेको डिभाइडरमा झुक्कीएर एक्कासी ब्रेक लगाउदा पल्टिएको हुन् सक्ने आशं’का गरिएको स्थानियले जनाएका छन् । उक्त दुर्घ’टनाको बारेमा थप अनुसन्धान भईरहेको र थप जानकारी अनुसन्धानपछि आउने थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!