सामुदायिक बिधालय मा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि माेरङकाे रंगेली नगरपालिकाले विद्यालय हरुमा विद्युतीय हाजिरी जडान गरेको छ।
विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालन मा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको रंगेली नगरपालिका का शिक्षा साखा अधिकृत रबिन्द्र पंन्डित ले बताए । नगरपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत बिधुतिय हाजिरी जडान गर्ने तयारी थालिएको पंडित ले बताए । पहिलाे चरणमा नगरपालिका ले पव्लिम उच्च माध्यमिक बिधालय ,अादर्श माध्यमिक बिधालय , जनता माध्यमिक बिधालय , रत्न उच्च माध्यमिक बिधालय , गणेश माध्यमिक बिधालय लागायत १२ बाट बिधालय मा पहिलोपटक विद्युतीय हाजिरी शुरु सन्चालन गरिएको हाे । विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। बिधुतिय हाजिरी नहुदा बिधालय मा शिक्षक हरु कहिले ११ बजे कहिले १२ बजे सम्म बिधालय मा हाजिरी हुने गर्देथिए । रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिका बाटै छड्के अनुगमन समेत गरिदै अाएकाे रंगेली नगरपालिका का बडा अध्यक्ष रामचन्द्र मंन्डल ले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!