हिपमत डटकम

शुक्रबार, चैत्र २५, २०७८ || 699  पटक पढिएको

एजेन्सी तेल अभिभमा गोली चल्दा २ जनाको मृत्यु भएको छ । भने, कयौं घाइते भएका छन् । विगत २ सातामा इजरायलमा भएको यस किसिमको हमला चौंथो हो । घटनाको केही घन्टाभित्रै इजरायलले आक्रमणकारीलाई मारेको पुष्टि गरेको छ । इजरायली अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले लेखेको छ, ‘हिजोको हमला गर्ने आतंकवादीलाई खोजेर मारिएको छ ।’

गोलीबारी तेल अभिभको डाइजनङगफ स्ट्रिटमा भएको थियो । जुन सबैभन्दा वयस्त स्थान मध्येको एक मानिदै आएको छ । बार र रेष्टुँरावाला क्षेत्र भएकाले यहाँ मानिसको आवतजावत पनि धेरै रहँदै आएको छ ।

इजरायलको आपतकालनि सेवाका प्रवक्ताका अनुसार हमलापछि घाइते भएका ९ जनालाई अस्पताल लगिएको थियो । जसमध्ये ४ को अवस्थामा गम्भीर छ । बिहीबार राति जारी गरिएको बयानमा इजरायलका प्रधानमनत्री नफ्ताली बेनेटले हमलामा मारिएका मानिसको परिवारप्रति समवेदना व्यक्त गर्दै भनेका छन्,‘इजरायली सुरक्षा सेवाले उक्त आतंकवादीको खोजी गरिरहेको छ, जसमा तेल अभिभमा यो हत्या गरेको थियो ।

प्रधानमन्त्री बेनेटले भने,‘आतंकवादी जहाँ भएपनि हामी उसलाई फेला पार्न र सबै मानिस सीधा वा परोक्ष रुपमा उसको सहयोग गरेका छन्, उनीहरुले यसको मूल्य चुकाउनु पर्छ ।’

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!