कलाकार रामु खत्री र गायिका सिता केसीको आवाजमा सजिएको राष्ट्रिय भाव बोकेको ”राम्रो देख्ने आँखा” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

सुवास जिसीको शव्द सृजना र गायक रामु खत्रीको संगीतमा तयार भएको उक्त गीतको म्युजिक भिडियो कृष्ण केसीले निर्देशन गर्नुभएको छ ।

नेपालको सुन्दरता र खासगरि पछिल्लो समयमा सरकारले राम्रो काम गर्दा पनि सामाजिक सञ्जालमा आउने विरोधलाई गीतको माध्यमबाट चिर्न खोजिएको कलाकार खत्रीले बताए ।
गीतमा विकास निर्माणमा अवरोध तथा नकारात्मक टीकाटिप्पणी गर्ने बानीले देश विकासमा समस्या भएकाले नेपालको समृद्ध विकासका लागि सवैभन्दा पहिले राम्रो देख्ने आँखा चाहिन्छ भन्ने भाव व्यक्त भएका छन ।

देशको यथार्थ परिवेश र अवस्थालाई सरल भाषा शव्द तयार भएको उक्त गीतलाई एक पटक हेरेर, सुनेर कस्तो लाग्छ सुझाव,सल्लाह र प्रतिक्रिया दिनका लागि खत्रीले दर्शक, स्रोतालाई अनुरोध गर्नुभएको छ । खत्रीका अन्य गीतहरु पनि बजारमा आइसकेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!