हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 685  पटक पढिएको

एजेन्सी। अमेरिकाले भारतलाई रुसतर्फ ढल्किएमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनका आर्थिक सल्लाहकार ब्रियन डेसेले बुधबार उक्त चेतावनी दिएका हुन् ।

अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीले भविष्यसम्म गम्भीर असर पार्ने बताइसकेको डेसेले खुलाएको इन्डियन एक्सप्रेसले लेखेको छ । अमेरिका, यूरोप, अष्ट्रेलिया र जापान जस्ता देशहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि भारतले फरक धार लिएर रुसबाट तेल आयात गरिरहेको छ ।

भारतका विदेशमन्त्री एस जयंशकरले विश्व व्यवस्थामा कोभिड र अफगानिस्तानको घटनापछि ठूलो परिवर्तन आएको भन्दै भारतले रुस र युक्रेनबीचको युद्धमा तटस्थ भूमिका लिएकोमा बचाऊ गरेका थिए । उनले लोकसभामा बोल्दै बुधबार भारत कुनै पक्षसँग लाग्ने भन्दा शान्तिको पक्षमा भूमिका निभाइरहेको बताएका थिए ।

यसअघि अमेरिकी राष्ट्रिय सुरक्षामा सहायक सल्लाहकार डलिप सिंहले भारत भ्रमण गरी भारतलाई रुसको कदमको विरुद्ध लाग्न भनेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!