हिपमत डटकम

बिहिबार, चैत्र २४, २०७८ || 615  पटक पढिएको

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख बैंकहरू पनि समावेश छन् ।

युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो । यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट भेटिएको थियो ।

रुसले भने प्रमाणबिना किएभले त्यस्तो तस्बिर सार्वजनिक गरेको जनाएको छ । भूउपग्रहबाट खिचिएका तस्बिरहरूले बुचा सहर रुसीहरूको नियन्त्रणमा हुँदा सर्वसाधारण मारिएका देखिए पनि बुधबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने घटनालाई किएभको सत्ताले गरेको अशिष्ट अनि स्वार्थपूर्ण उत्तेजनाको संज्ञा दिएका छन् ।

बुचामा भएको हत्याबारे अमेरिकी राष्ट्रपति जो बाइडनले ठूलो युद्ध अपराधभन्दा अरू केही नभएको टिप्पणी गरेका छन् । अमेरिका र ब्रिटेनले सार्वजनिक गरेका पछिल्ला प्रतिबन्ध प्रमुख रुसी बैंक अनि त्यहाँका धनाढ्यप्रति लक्षित रहेको बताइएको छ । रुसको सबैभन्दा ठूलो वित्तीय संस्था स्वीएर बैंकको अमेरिका र बेलायतमा रहेको सम्पत्ति रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!