सोमबार, फाल्गुण १२, २०७६ || 1170  पटक पढिएको

चीनको ऊहान महानगरका अधिकारी यसअघिको कोरोना भाइरस संक्रमणपछिको सहरमा कायम ‘लकडाउन’लाई खुकुलो बनाउने निर्णयबाट पछि हटेका छन् । स्थानीय प्रशासनले सामाजिक संजाल बोइवोबाट यसको जानकारी दिएको हो ।

उसले यसअघिको घोषणा ‘अमान्य’ भएको लेखेको छ । सहर प्रशासनको पोष्टमा यसअघिको घोषणा ‘ट्राफिक नियन्त्रण समूहले विशेष परिस्थितिमा जारी गरेको र त्यसका लागि माथिल्लो कार्यालयसँग सल्लाह नगरिको’ बताएको छ ।

अघिल्लो घोषणामा संलग्न अधिकारीको आलोचना भएको र सहरमा राष्ट्रपति सी जिनपिङको निर्देशन अनुरुप लकडाउन कठोरताका साथ लागु हुने बोइवो पोष्टमा स्पष्ट पारिएको छ ।

कोरोनाभाइरसको प्रकोप चर्केपछि ऊहानलाई २३ जनवरीमा ‘लकडाउन’ गरिएको थियो । लकडाउनपछि सहरका वासिन्दालाई बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ ।

यसअघि ज्वरो, खोकी वा दमजस्ता रोग नलागेका मानिसलाई स्वस्थ्य मान्दै सहरबाट बाहिरन अनुमति दिने बताइएको थियो । तथापि ती बाहिर गएपछि गन्तव्य स्थानका स्वास्थ्य अधिकारीको १४ दिने स्वास्थ्य निगरानीमा रहनुपर्ने बताइएको थियो ।

कयौं प्रान्तमा सतर्कता स्तर घटाइयो
चीनका ६ वटा प्रान्तले कोरोनाभाइरसको आपतकालसँग जोडेर जारी गरेको स्वास्थ्य सतर्कता स्तर घटाएका छन् ।

उत्तर कोरियासँगको सिमाना जोडिएको उत्तर–पूर्वी प्रान्त लियाओनिङमा पहिलो पटक कोरोनाभाइरसप्रतिको आपतकाल हटाइएको छ ।

शनिबार लियाओनिङ प्रान्तको स्वास्थ आयोगले स्वास्थ्य आपतकालको सबैभन्दा माथिल्लो स्तर लेबल १ बाट लेबल ३ मा घटाएको छ ।

शनिबार र सोमबारबीचमा सान्सी, गुयाङदोङ, युन्नान, गान्सु र गुईझाउ प्रान्तको सतर्कता स्तर पनि लेबल ३ मा पु¥याइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!