सोमबार, फाल्गुण १२, २०७६ || 788  पटक पढिएको

ब्राजिलियन स्टार नेयमारले रातो कार्ड पाएको खेलमा पेरिस सेन्ट जर्मन (पीएसजी) ले बोर्डोमाथि कठिन जित निकालेको छ । फ्रेन्च लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पीएसजीले बोर्डोलाई ४–३ गोलले हरायो । सात गोलको थ्रीलरमा घरेलु मैदानमा पीएसजीलाई जिताउन मार्कुन्योसले दुई तथा एडिन्सन काभानी र केलियन एमबाप्पेले एक एक गोल गरे । बोर्डोका उइ जो ह्वाङ, पाब्लो कास्टो र रुवेन पार्डाेले गोल गरेका थिए ।

खेलमा सुरुवाती अग्रता बोर्डोले लिएको थियो । १८औं मिनेटमा उइ जो ह्वाङले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । बोर्डोको अग्रता लामो समय टिकेन । २५औं मिनेटमा एडिन्सन काभानीले एन्जल डी मारियाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफको इन्जुरी समयमा मार्कुन्योसले एन्जल डि मारियाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । लगत्यै बोर्डोका पाब्लोले पुनः बराबरी गोल फर्काए ।

पीएसजीले ६३औं मिनेटमा मार्कुन्योलसको ब्यक्तिगत दुई गोलको सहयोगमा पुनः अग्रता लियो । ६९औं मिनेटमा एमबाप्पेले काभानीको पासमा गोल गर्दै पीएसजीलाई थप बलियो बनाए । ८३औं मिनेटमा रुवेनले गोल गर्दै बोर्डोलाई खेलमा फर्काउने प्रयास गरे । दोस्रो हाफमा इन्जुरी समयमा नेयमार दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिए पछि अन्तिममा पीएसजी १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा बोर्डोले उठाउन नसक्दा पीएसजी विजयी भयो । जितसँगै शीर्ष स्थानमा रहेको पीएसजीले २६ खेलबाट ६५ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको मार्सेलीको ५२ अंक छ । पीएसजीसँग हारेको बोर्डो ३५ अंकसहित १२औं स्थानमा छ । एजेन्सी ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!