गायक जेय अथर र आइजेनको नयाँ गीत सार्वजनिक गरिएको छ । हालै काठमाण्डौको नाईट क्लब फरेनहाईटमा उक्त गीत सार्वजनिक गरिएको थियो । उक्त गीत यूट्यूबाट समेत सार्वजनिक गरिएको छ ।  ‘मैच्यांग’ शिर्षकको गीतमा जय र आइजेनको साथमा नायिका प्रियंका कार्की फिचर्ड छिन् । गीतको भिडियोलाई सुयोग गुरुंगले निर्देशन, सम्पादन तथा कलर ग्रेडिंग गरेका छन् । सुयोगले यसअघि चलचित्र ‘सानो मन’ निर्देशन गरेका थिए भने उनले केहि टिभि कमर्सियल पनि बनाएका छन् । केहि पुराना गीतहरुलाई समेत फ्यूजन गरिएको यो गीत सार्वजनिक भएसँगै चर्चा पाईरहेको छ । गीतलाई जय र आइजनले संयुक्त लेखेका हुन् । यसअघि उनिहरुको गीत ‘टाइम छैन’ चर्चित बनेको थियो, जसलाई हाल सम्म यूट्यूबमा मात्र करिव ९३ लाखले हेरेका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिन भ्याइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!