सोमबार, फाल्गुण १२, २०७६ || 853  पटक पढिएको

एक प्रमुख बैंककी ट्रेनीले बोससँगको अफेयर समाप्त भएपछि उनलाई बर्बाद गर्ने धम्की दिइन् र ८९ पटक मेसेज पठाइन् ।

२६ वर्षकी एमिली साल्ट एसएचबीसी बैंकमा ६ महिनादेखि इन्टर्नको रुपमा काम गरिरहेकी थिइन्, त्यति नै बेला ५६ वर्षका म्यानेजरसँग उनको अफेयर सुरु भयो ।

इंगल्याण्डको ग्रेटर म्यान्चेस्टरमा बस्ने एमिलीले ब्रेकअपको एक महिनाभित्र म्यानेजरलाई ८९ वटा मेसेज पठाइन् । एमिलीले म्यानेजर र उनकी छोरीको करियर बर्बाद गरिदिने धम्की दिइन् ।

इन्टरनेशनल बिजनेस, फाइनेन्स र इकोनोमिक्समा ग्राजुएट एमिलीले ब्रेकअपपछि म्यानेजरकी छोरीलाई पनि मेसेज पठाइन् र गाली गरिन् । लण्डनको एक अदालतमा एमिलीविरुद्ध मुद्दा दर्ता गरियो जहाँ उनले म्यानेजरलाई प्रताडित गरेको आरोप स्विकार गरिन् ।

अदालतले एमिलीलाई १८ महिनाको रिस्ट्रेनिङ्ग अर्डर, सय घण्टाको कम्युनिटी सर्भिस र १२ हजार रुपैयाँ जरिवाना पनि तेक्यो । ब्रेकअपपछि एमिलीका पूर्व पार्टनरले स्पष्ट रुपमा उनलाई र उनको परिवारलाई सम्पर्क नगर्न भनेको बताइएको छ ।

एमिलीले पुरुषको नामको पनि अकाउन्ट बनाएकी थिइन् र उनको पूर्व पार्टनरका आफन्तलाई रिक्वेस्ट पठाएकी थिइन् ।

एमिलीका वकिलले भनिन्, ‘पीडित सिनियर थिए । ३० वर्ष जेठो । जबकि एमिली भल्नरेबल थिइन् । गहिरो प्रेममा परिन् । त्यसै कारण उनले अन्त्यमा यस्तो खराब व्यवहार गरिन् । यद्यपि, एमिली घरेलु हिंसाको पनि शिकार भइन् । उनीलाई झुटो बचन दिइयो ।’

वकिलले म्यानेजरकी छोरीको बैंक अकाउन्ट पनि ह्याक गर्ने कोसिस गरिएको बताए । त्यसपछि एमिलीले पूर्व पार्टनरलाई मेसेज पठाएर ह्याक गरेको कुरा स्विकार गरिन् ।

एमिलीले पूर्व पार्टनरलाई धेरैभन्दा धेरै क्षती पुर्‍याउने कोसिस गरेको वकिलले बताए । सुनुवाइको क्रममा न्यायाधीसले एमिलीले स्पष्ट रुपमा गलत गरेको बताए ।

न्यायाधीसले भने, ‘पीडित व्यक्तिलाई समस्या पुर्‍याउने उद्देश्यले नै तपाईंले उनकी छोरीमाथि पनि दुर्व्यवहार गर्नुभयो ।’

एमिलीमाथि १२ लाख रुपैयाँको धोकाधडीको आरोप पनि लगाइएको थियो तर पछि त्यसलाई हटाइयो ।

सय घण्टाको कम्युनिटी सर्भिस पूरा गर्नुपर्ने सजाय सुनाउँदै न्यायाधीसले एमिलीले १८ महिनासम्म पूर्व पार्टनर र उनकी छोरीलाई सम्पर्क गर्न नसक्ने आदेश सुनाए ।

स्मरण रहोस्, एचएसबीसी संसारका ठूला र चर्चित बैंकको सूचीमा पर्दछ । जनवरीमा बैंकका एक ४८ वर्षका विवाहित बोसमाथि यौन उत्पीडनको आरोप सार्वजनिक भएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!