हिपमत डटकम

आइतबार, चैत्र १३, २०७८ || 492  पटक पढिएको

अक्षर पटेल चम्किँदा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट रोमाञ्चक जित निकालेको छ । आइतबार भएको खेलमा दिल्लीले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १७८ रनको लक्ष्य पछ्याएको दिल्लीले १८ ओभर २ बलमा ६ विकेट गुमाएर १७९ रन बनायो ।

दिल्लीका लागि ललित यादवले सर्वाधिक ४८ रनको योगदान गरे । ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । दिल्लीका लागि अक्षर पटेलले ३८ रनको योगदान गरे । १७ बल खेलेका उनले २ चौका र ३ छक्का प्रहार गरे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो । मुम्बईका लागि इशन किशनले ८१ रनको अर्धशतकीय पारी खेले ।

४८ खल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे । मुम्बईका कप्तान रोहित शर्माले ४१ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । त्यस्तै खलेल अहमदले दुई विकेट लिए ।
जितसँगै दिल्लीले लिगमा २ अंक जोडेको छ । पराजित मुम्बईले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!