सोमबार, मंसिर १६, २०७६ || 1447  पटक पढिएको

हिपमत डटकम
धरान ,मंसिर–१६ ।

धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भए पछि नेपाली कांग्रेस धरानले विजयी याली निकालेकाे छ । कांग्रेसका उम्मेदवार तिलक राईले २६ हजार ७ सय ९ मत ल्याएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी नेकपाका प्रकाश राईको २३ हजार ९ सय १४ मत ल्याएका छन् । २०४७ साल पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दैंआएको धरानमा तिलक राइले जितेर इतिहास बनाएका छन् । राइले २७९५ मतान्तरणले जित हासिल गरेका हुन ।

जित पछि राईले आफुले लालकिल्ला तोडेको नभई सबै धराने जनताले आफुलाई विजयी गराएको प्रतिक्रिया दिएका छन् । ‘अव धरानलाई भ्रष्टचारमुक्त शहर बनाउने अभियान चलाउने छु । सबैसँग सहकार्य गरेर धरानको विकास मेरो पहिलो प्राथमिकता हुने छ ।’ राईले यस अघि चुनावी सभामा जनताको प्रतिनीधि भएर काम गर्ने र जनताको सेवा गरे वापत कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका थिए ।

काे हुन तिलक राई
बि.स २०४८ सालदेखिपार्टीमा आवद्ध रहि वडा समिति हुदें २०५३ सालमा नेविसंघको नगर सचिव भएका थिए । २०५५ सालमा तरुण दल सुनसरीको सभापति भएको थिए । उनले २०६१ सालमा पार्टीको नगरसचिवको जिम्मेवारी पाए भने २०७३ सालको १३ औंं महाधिबेशन पछि नगरसभापति निर्वाचित भएका थिए । उनी यातायात व्यवसायी समेत हुन । राई किरात राई यायोख्खाको केन्द्रीय निवर्तमान अध्यक्ष हुन । अघिल्लो निर्वाचनमा यायोख्खामा हार व्यहोरेका थिए । सुनसरी उद्योग बाणिज्य संघको निर्वाचनमा समेत पहिलो पटक हारे पछि दोश्रो निर्वाचनमा जित हासिल गरेका थिए । यस्तै २०७४ को स्थानीय तहमा मेयरको टिकट पाउदा स्व तारा सुब्बासँग ४ हजार मतले हारेका थिए ।

धरानमा फर्कीयो नेपाली काङ्ग्रेसकाे
२०७४ को स्थानीय तहको निर्वाचनमा बामले जितेका वडाहरूमा समेत यसपटक नेपाली काङ्ग्रेसले आफ्नो वर्चश्व कायम गर्न सफल भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धरान–२०, धरान–१७ र धरान–१५ मा मात्रै झिनो मतान्तरले जितेको अवस्था छ । धरान–१८, १९, १६, १४, १३, १२, ११, १०, ९ नम्बर वडामा काङ्ग्रेसले नै अग्रता कायम गरेको छ । यी वडामध्ये २०७४ को निर्वाचनमा १८ र १४ मा मात्रै काङ्ग्रेसले जित हासिल गरेको थियो ।

काङग्रेस र नेकपालाई कहाँ कति भोट
नेकपाले धरान–२० मा ९ सय ६७ मत प्राप्त गर्दा काङ्ग्रेसले ७ सय ३४ मत प्राप्त गरेको थियो । जहाँ मतान्तर २ सय ३३ थियो । धरान–१९ मा काङ्ग्रेसले ८ सय ७९ मत प्राप्त गर्दा नेकपाले ८ सय १३ मत प्राप्त गरेको थियो । त्यस्तै धरान–१८ मा काङ्ग्रेसले ६ सय ७९ मत प्राप्त गर्दा नेकपाले ५ सय २९ मत प्राप्त गरेको थियो । धरान–१७ मा नेकपाले २ हजार २ सय ६५ मत प्राप्त गर्दा काङ्ग्रेसले २ हजार २ सय २५ मत प्राप्त गरेको थियो । धरान–१६ मा काङ्ग्रेसले २ हजार ३ सय ४१ मत प्राप्त गरेको थियो । जहाँ नेकपाले १ हजार ८ सय ६० मत मात्रै ल्याएको थियो ।

धरान–१५ मा नेकपाले ३ हजार ३ सय ४७ मत प्राप्त गर्दा काङ्ग्रेसले ३ हजार ७९ मत प्राप्त गरेको थियो । धरान–१४ मा काङ्ग्रेसले १ हजार ५७ मत प्राप्त गर्दा नेकपाले ७ सय ३६ मत प्राप्त गरेको थियो । धरान–१३ मा काङ्ग्रेसले १ हजार ६ सय १६ मत प्राप्त गर्दा नेकपाले १ हजार ५ सय ७१ मत ल्याएको छ । धरान–१२ मा काङ्ग्रेसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ६ सय ३ मत मात्रै प्राप्त गरेको छ ।

त्यस्तै धरान–११ मा काङ्ग्रेसले २ हजार ३ सय ८५ मत प्राप्त गर्दा नेकपाले २ हजार ५८ मत प्राप्त गरेको छ । धरान–१० मा काङ्ग्रेसले ८ सय ३० मत ल्याउँदा नेकपाले ६ सय ४० मत ल्याएको छ । धरान–९ मा काङ्ग्रसले ८ सय ३३ मत ल्याउँदा नेकपाले ५ सय ९७ मत ल्याएको छ । अन्य वडाहरूमा नेपाली काङ्ग्रेसले अग्रता कायमै राखेको छ । तर, धरान–३, ४, ६, ७ र ८ नम्बर वडामा नेकपाले यसअघि वर्चश्व कायम गरेको थियो । यता काङ्ग्रेसले १, २ र ५ नम्बर वडामा जित कायम गरेको थियो । यसरी हेर्दा बिगतमा नेकपाले आफनो बर्चस्व कायम गरेको वडा समेत यसपटक गुमाएको छ । नेकपाको झण्डै बहुमत रहेको वडामा समेत काँग्रेसले यसपटक जित हासिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!