विकाशराज आचार्यको चलचित्र ‘नाईं नभन्नू ल २’ को ‘मर्ने कसैलाई रहर हुँदैन’ जस्तो चर्चित गीत गाएर चर्चामा आएका गायक प्रेम परियार चलचित्र ‘पर्खी बसे फर्की आउँछु’ बाट हिरो बनेका छन् । आफ्नो गायन कलाले मन्त्रमुग्ध बनाउने उनले केही वर्षयता आवाजमा आएको परिवर्तनका कारण गीत गाउन कम गरेका थिए । अब, उनी अभिनयको माध्यमबाट दर्शकको मन जित्न अगाडि सरेका छन् । चलचित्रमा उनको अभिनयसँगै गायन पनि रहनेछ । केही दिनअघि फिल्मको शीर्ष गीत रेकर्डिङ गरिएको छ । जसमा गायक प्रेम परियारले स्वर दिएका छन् ।सुन्दर पन्तको शब्द, बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रेमलाई सवनम आचार्यले गायनमा साथ दिएकी छन् । गायक प्रेमले आफ्नो अभिनय रहेको चलचित्रको गीतमा आफैंले स्वर दिन पाएकोमा खुसी व्यक्त गरेका छन् । निर्देशक राज बहादुर सानेले एउटी अपाङ्ग युवतीको यौवन अवस्थामा हुने रहर र जीवन संघर्षको कथा चलचित्रले बोल्ने बताए । फिल्ममा कविराज गहतराज, रामजी लामिछाने, राजकुमार वैश्य र राजन महर्जनको कोरियोग्राफी छ ।

बसन्त सापकोटा/एलिस कार्की/कृष्ण भारद्वाज/कर्साङ्ग लामाको संगीत र सानु कुमार महर्जनको द्वन्द रहेको चलचित्रलाई अरुण सुनारले खिचेका हुन् । रोशनकुमार थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा खेमराज वि.क कार्यकारी निर्माता रहेका छन् । यमकान्त भण्डारी निर्माता र एकराज थापा सह-निर्माता रहेको चलचित्रमा प्रेमसँगै समीक्षा बस्नेत, देव सागर, पदम तामाङ, सुशील गौतम, सुशील पोखरेललगायतको अभिनय छ । यो चलचित्र अर्को वर्ष प्रदर्शनमा आउनेछ । निर्देशक राज बहादुर सानेले चलचित्र राम्रो बनेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!