हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 583  पटक पढिएको

अमेरिकाले पाकिस्तानी बैंकहरुमाथि कडाई गर्न थालेको छ । अमेरिकाले पाकिस्तानको मुख्य बैंकिङ नियमक नेष्नल बैंक अफ पाकिस्तानमाथि ५ करोड डलरको जरिवाना समेत गरेको छ ।

पालिसी रिसर्च ग्रुप पोरेगले सम्पत्ति शुद्धिकरणसम्बन्धी कानूनको पालना नगरेको भन्दै जरिवाना गरेको उल्लेख गरेको छ । पेरिसमा मुख्यालय रहेको फाइनान्सियल एक्सन टास्क फोर्सले पाकिस्तानलाई कालो सूचीमा राखेको छ ।

पाकिस्तानमाथि आतंककारी समूहलाई आर्थिक कोषहरु पठाइरहेको आरोप लागिरहँदा पछिल्लो घटना विकास भएको हो । पोरेगका अनुसार गत महिना नेष्नल बैंक अफ पाकिस्तानमाथि अमेरिकाको फेडरल रिजर्भ बोर्डले सम्पत्ति शुद्धिकरण कानून उल्लंघन गरेकोमा २ करोड ४ लाख डलर जरिवाना गरिएको थियो ।

पाकिस्तानी बैंकले रकम ट्रान्जेक्सनमा नियमहरु उल्लंघन गरेको विषय उठाइएको थियो । सन् २०१७ मा पाकिस्तानको हबिब बैंक लिमिटेडमाथि न्यूयार्कको आर्थिक विभागले इतिहासमै सबैभन्दा ठूलो जरिवाना गरेको थियो । पोरेगको रिपोर्टमा सन् २०१९ मा दक्षिण अफ्रिकाको केन्द्रीय बैंकले एचबीजेड बैंक पाकिस्तानमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० मा ६ वटा पाकिस्तानी बैंकको शंकास्पद ट्रान्जेक्सनमा २५ लाख डलर जरिवाना गरिएको थियो । ती बैंकहरुमा एलिड बैंक, युनाइटेड बैंक, हबिब मेट्रोपोलिटन बैंक, बैंक अल्फला, हबिब बैंक र स्टान्डर्ड चार्डन बैंक पाििकस्तान रहेका छन् । ती बैंकहरुबाट २०११ देखि २०१२ सम्म शंकास्पद गतिविधि भएको उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!