हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 525  पटक पढिएको

यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय बालकोष यूनिसेफले जनाएको छ । ‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ ।

सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।

हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भाग कब्जा गरेपछि तत्कालीन राष्ट्रपति अब्द–रब्बु मन्सुर हादीले देश छोडेर भाग्न बाध्य भएका थिए । त्यस लगत्तै यमनमा सैन्य हस्तक्षेप भएको थियो ।

युद्धको चपेटामा बालबालिका मारिने र घाइते हुने क्रम बढ्दो छ । यसैबीच २४ फेब्रुवरीदेखि रुसी सेनाले युक्रेनमाथि गरेको हमलामा कम्तीमा ७१ जना बालबालिका मारिएका र १ सय भन्दाबढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!