हिपमत डटकम

आइतबार, फाल्गुण २९, २०७८ || 531  पटक पढिएको

रुस र युक्रेनबीच चलिरहेका युद्ध १८औं दिनमा प्रवेश् गरिसकेको छ ।

यस युद्धमा रुसले आफ्नो रणनीति बदलेको देखिन्छ । उसले फरक फरक ठाउँमा भीषण आक्रमण थालेको छ । किएभ सहित अनेकौं शहरलाई रुसले घेराबन्दी गरेर कसेको छ ।

रुसको मिसाइल पावरका सामु युक्रेन निरीह छ । त्यसैले अमेरिकाले युक्रेनलाई आधुनिक एयर डिफेन्स सिस्टम उपलब्ध गराउने योजना बनाएको छ । तर त्यसका लागि ढिलो भइसकेको बताइन्छ ।

रुसले युक्रेनको चौथो ठूलो शहर निप्रोलाई ध्वस्त पारेको छ । अनि दक्षिणी युक्रेनको माइकोलिभ क्षेत्रमा पनि लगातार विस्फोट भइरहेको छ । ओडेसाका विभिन्न ठाउँमा पनि रुसको आक्रमण जारी छ ।

अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनलाई २४०० करोड रुपैयाँको अतिरिक्त सहायता दिने तयारी गरिरहेका छन् । आधुनिक हतियार किन्न र शरणार्थीहरूलाई सहायता दिन यो रकम खर्च गरिने भएको छ ।

युक्रेनमा युरोपेली मुलुक र नेटो सदस्यहरूले सेना नपठाउने भएकाले ऊ एक्लै लड्न बाध्य भएको छ ।

रुसलाई पनि यो युद्ध सोचे जति सजिलो भएको छैन । आर्थिक प्रतिबन्धका कारण रुसले अर्बौंको हानि बेहोरिरहेको बताइन्छ ।

युक्रेन रुससँग कुराकानी गर्न तयार छ तर आत्मसमर्पण नगर्ने भन्दैछ । युद्धविराम गरिए मात्र वार्ता गर्ने युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!