आइतबार, फाल्गुण ११, २०७६ || 835  पटक पढिएको

काठमाडौं क्यान्सर पीडित पत्रकार कमल पौडेललाई स्पार्क हेल्थ होम अस्पतालले एक लाख रुपैयाँ सहयोग गरेको छ । अस्पतालले आफनो २८ औं वार्षिकोत्सवको कार्यक्रम गर्न लाग्ने खर्च बराबरको रकम पत्रकार पौडेललाई सहयोग गरेको हो ।
अस्पतालले प्रत्येक वर्ष औपचारिक कार्यक्रम गरी मनाउने गरेकोमा यसपटक त्यो सम्पूर्ण कार्यक्रम स्थगित गरी त्यसमा लाग्ने खर्च पौडेललाई दिने निर्णय गरिएको अस्पतालका प्रबन्ध निर्देशक हरिशरण रिजालले बताए ।
कार्यक्रममा बोल्दै रिजालले स्वास्थ्य समस्या जोकोहीलाई पनि आउन सक्ने भन्दै स्पार्क अस्पताललाई शुरुका दिनदेखि सहयोग गर्दै आउनुभएका पौडेललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।
उक्त रकम कमल पौडेलका छोरा अभिन्न पौडेललाई हस्तान्तरण गरिएको थियो ।
लामो समयदेखि पत्रकारितामा रहेका कमल पौडेल हाल विराटनगरस्थित मकालु टेलिभिजनमा समाचार प्रमुखको रुपमा कार्यरत थिए । उनी हाल सिभिल अस्पतालमा उपचाररत छन।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चकी अध्यक्ष कल्पना आचार्यले पत्रकारका लागि स्पार्क अस्पतालले जुन सहयोग गरेको छ यो पत्रकारका लागि निकै खुशीको कुरा भएको बताइन ।
अस्पतालका निर्देशक रुपेश अधिकारीले सामाजिक उत्रदायित्व अन्तर्गत रहेर आफनो अस्पतालले पत्रकार पौडेललाई सहयोग गरेको भन्दै अन्य संस्थाले पनि उनको सहयोगमा हात अघि बढाएमा उनलाई बचाउन सकिने बताए ।
वाषिकोत्सव कार्यक्रममा स्पार्क अस्पतालमै १२ वर्षदेखि कार्यरत क्यान्सरका बिरामी काजी महर्जनलाई पनि ५० हजार सहयोग रकम हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा अस्पतालका गतिविधिकाबारेमा मेडिकल डाइरेक्टर डा सुनिल पौडेलले जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!