हिपमत डटकम

बिहिबार, फाल्गुण २६, २०७८ || 550  पटक पढिएको

एजेन्सी । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् ।

७ हजार मतान्तरले धामी पराजित भएपनि उनको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । उत्तराखण्डमा भाजपाको दोस्रो कार्यकाल सरकार बन्ने भएको छ । तर, धामी मुख्यमन्त्री हुने छैनन् ।

यसअघि तीरथ सिंह रावतको ठाउँमा गत वर्ष धामीलाई मुख्यमन्त्री बनाइएको थियो । धामी ४५ वर्षमा मुख्यमन्त्री बनेर उत्तराखण्डको सबैभन्दा कान्छा मुख्यमन्त्री बन्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!