आइतबार, फाल्गुण ११, २०७६ || 1343  पटक पढिएको

चैत्र १४ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘इन्काउन्टर’ को गीत सार्वजनिक गरिएको छ ।’आई लभ यु ‘बोलको सार्वजनिक गीतमा जानु काम्वाङ लिम्बुको शब्द तारा प्रकाश लिम्बुको संगीतमा मेलिना राईको स्वर रहेकाे छ ।

गीतमा फुर्वा दोर्जे तामाङ र साबित्रा थिङलाई फिचरिङ गरिएको छ । गीतको भिडियो मलेशिया सिंगापुर लगायतका स्थानमा छांयाकन गरिएको छ । गीतलाई सुन्दर लावतीले कोरियोग्राफर गरेका हुन् ।

चलचित्र ‘इन्काउन्टर’ मा , सबिन श्रेष्ठ, छुल्ठिम गुरुङ,दिनेश डिसी दिनेश खड्का, फुर्वा दोर्जे तामाङ, दिपक क्षेत्री, बि एस राणा, शुशिल पोखरेल, सुबास गजुरेल, सुनिल कटुवाल, बिपना बस्नेत, ध्रुव श्रेष्ठ, साबित्रा थिङ, राजन गुरुङ, सुरेश थापा दर्शने, बिनोद राई घ्याम्पे सुब्बा, सारदा अधिकारी काली बुढी, राधिका लगायतको अभिनय रहेको छ ।

चलचित्रलाई नरेन्द्र भट्टराई (एन बी अन्जान)ले लेखन तथा निर्देशन गरेका हुन् । युजेश फिल्मस्को प्रस्तुती रहेको चलचित्रलाई कुमार ओझा,दिनेश खड्का र कबिभक्त क्षेत्रीको निर्माण गरेका हुन् । दिलिप राजबंशी , देव राई र धन्नाजय भट्टराई चलचित्रका सह निर्माता रहेका छन् । चलचित्रको पटकथा सुन्दर लाबती तथा पत्रकार कृष्ण भट्टराईको सम्बाद रहेको छ ।चलचित्रमा सुमन तन्डुकारले छायाङ्कन रहेको छ भने तारा प्रकाश लिम्बुको संगीत रहेको छ ।

मलेशिया, सिंगापुर, इन्डोनेशिया, थाइलेण्ड,बर्मा र नेपालका विभिन्न ठाउँमा चलचित्र र गीतहरु छायाङकन गरिएको छ । चैत्र १४ गते नेपालमा रिलिज हुने चलचित्रको नेपाल रिलिज अगाबै मलेशिया, युरोप, कोरिया, जापान, हङकङ लगायतका देशहरुमा च्यारिटि गरिने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!