पछिल्लो समय नेपालीहरुका बीचमा टिकटक एप एकदमै भाइरल भइरहेको छ । चलचित्र देखि गीतको प्रमोशनका लागि यसको सहारा लिने क्रम बढ्न थालेको छ । यस्तै एक चर्तित गीतको टिकटक भिडियो बनाएर आर्कषण पुरस्कार जित्ने सक्ने अफर आएको छ । चर्चित गायक राज सिग्देलको आवाजमा ‘ओठवाली’ बजारमा आएको गीतमा टिकटक भिडियो बनाउँनुपर्ने हुन्छ ।समधुर आवाजका धनि सिग्देलको आवाज रहेको गीतका शब्द अग्नी पराजुलीका हुन् । ओठवालीमा संगीत चाँदनी प्रसाद काफ्लेको रहेको छ । टिकटक बनाएपछि लाइक, कमेन्ट, सेयर अनी भ्युजका आधारमा विजेता घोषणा गरिने जनाइएको छ ।

यसमा प्रथम हुनेलाई २० हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार पुरस्कार दिने घोषणा गरिएको छ । यस गीतको भिडियोमा चर्चित गायक एवं मोडल दुर्गेश थापा र सोनिका रोकायाको बेजोड अभिनय रहेको छ । गीतलाई निर्देशन गम्भीर विष्टले गरेका हुन् । गीतमा भएका सुन्दर दृश्यहरु खिच्ने काम नवराज उप्रेतीले गरे भने सम्पादन नविन निरौंलाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!