अभिनेता आयुष्मान देशराज जोशीले अभिनेत्री प्रियंका कार्कीलाई च्यालेन्ज दिँदै आफुले पनि ब्याचलर पार्टी मनाएका छन् । यही फागुन १५ गते अभिनेता आयुष्मान र अभिनेत्री प्रियंका विवाह बन्धनमा बाँधिदै छन् । विवाह मिति नजिकिएसँगै दुवै जनाले ब्याचलर पार्टी मनाएका हुन् ।

अभिनेत्री प्रियंकाले भने केही समय अगाडि नै थाइल्याण्ड पुगेर ब्याचलर पार्टी मनाइसकेकी छिन् । ब्याचलर पार्टी मनाएको फोटो सामाजिक सञ्जालमा हालेपछि प्रियंकाको व्यापक चर्चा भयो । आयुष्मानले पनि अहिले पोखराको वाटर फ्रन्ट रिसोर्टमा पुगेर ब्याचलर पार्टी मनाएको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

केटीहरुले पोज दिएर खिचाउने जस्तै फोटोहरु साथीहरुसँग खिचेर अभिनेता आयुष्मानले सामाजिक सञ्जालमा राखेका छन् । झट्ट हेर्दा ती फोटोहरु अपाच्य या भनौं नसुहाउँदो देखिन्छ । सोही फोटोहरुलाई लिएर सामाजिक सञ्जालमा तारिफ भन्दा बढी आलोचना भएको पाइन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त फोटोहरुलाई ‘चटक’को संज्ञा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!