नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५५ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको ५ हजार १५२ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।
मन्त्रालयका अनुसार २२३९ पिसिआर परीक्षणबाट र २९१३ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घन्टामा ५४० जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
हाल देशभर ८ हजार ८३९ जना कोरोनाका सक्रिय संक्रमित छन्।
यस्तै काठमाडौं उपत्यकामा २७ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २०, भक्तपुरमा १ र ललितपुरमा ६ जना गरी २७ संक्रमित छन्।