शनिबार, फाल्गुण १०, २०७६ || 881  पटक पढिएको

चर्चित गायिका तथा नेपाल आईडलकी निर्णायक ईन्दिरा जोशी स्टेज चढ्दा विराटनगर तातेको छ । ‘बेहुली’ बोलको गीत गाउँदै स्टेज प्रवेश गरेकी गायिका जोशीले शुक्रबार साँझ बिराटनगरको चिसो माहोललाई तताइन् । बिराटनगरमा जारी बिराट एक्स्पोमा आधा दर्जन गीत गाएकी जोशीले सवैमा दर्शकको राम्रो साथ पाईन् ।

‘बाँझो खेतमा छड्के सलाम छ माँयालाई पहिलो भेटमा..’ गीतबाट दर्शकलाई नचाउँन सुरु गरेकी उनले ‘चौबन्दी चोली अनि रातो घाँगर’ मा माहोल तताईन् । ‘छुनलाई होईन हेर्न चै पाईन्छ, आँखालाई सेक्न जति नि पाईन्छ, उध्रेको चोली छ है तैपनि लाईन्छ’ गीत गाउँदा दर्शक अझ बढी झुमे । स्टेजबाट जोशीले गाईरहदा प्रदर्शनीस्थलमा उनीसँगै स्वरमा स्वर मिलाउँदै दर्शकहरु नाच्न मस्त थिए ।

महाशिवरात्रीको साँझ प्रदर्शनी स्थलमा खचाखच रहेका दर्शकलाई ‘म त मर्छु की क्या हो ठूली’ ले नाच्न बाध्य बनायो । जोशीको यो गीतलाई पनि दर्शकले अत्याधिक रुचाए । उनले आधा दर्जन गीत गाएर स्टेजबाट विदा माग्दा दर्शकको भीडबाट ‘वान्स मोर’ आवाज गुञ्जिएपछि पुनः गाउन बाध्य भइन् ।

शिवरात्रीको माहोल ‘क्याच’ गर्न उनले ‘ओम नम शिवाय हर हर’ गाउँदै दर्शकलाई पनि सँगै गाउँन लगाईन् । हजारौं दर्शक भेला भएको एक्स्पोमा जोशीको प्रस्तुतीले रौनकता प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!