विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा उपचारको क्रममा एक जनाको बिरामीको मृत्यु भएपछि बिहीबार दिन भरी तनाव ग्रस्त भएको छ ।
बर्जु गाँउपालिका वडा नम्बर १ को पन्नु लाल उराउको २२ वर्षिय छोरा धनी लाल उरावको मुत्यु भएको हो । बुधबार राती १० बजे आफै सवार मोटरसाईकल अनियन्त्रि भएर दुर्घटना भई राती १०:३० मा नै अस्पतालमा भर्ना गरिएको थियो । उपचारमा संग्लगन रहेको डा. स्वयम उप्रेतीको नेतृत्वको टोलीले बिरामी सामान्य रहेको जानकारी दिएको मृतकका आफन्त शिब कुमार यादबले हिपमत डटकमलाई बताए । घाईते बिरामी बिहान ४ बजे आफन्त संग फोनमा कुरा गरेको थियो तर अचानक ६ बजे हस्पिटले मृत घोषणा गरेको थियो ।
उनको उपचारको क्रममा मृत्यु भएपछि आफन्तहरुले अस्पतालको लापरबाही भएको भन्दै अस्पताल बाहिर सडकमा टायर बालेर आन्दोलन गरेका हुन् ।
अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
पिडित पक्ष र अस्पताल प्रशासन बिच प्रहरीको मध्यस्तामा दुई चरणको बर्ता भएको छ, तर बर्ता निष्कर्ष बिहीन भएको यादबले बताए ।
यता हस्पिटल प्रशासनले ति बिरामी हाम्रो अस्पताको लापरवाहीले होईन रक्सीले भएको दाबी गर्दै आईरहेको छ ।