चलचित्र ‘प्रेमगीत ३’ को दोस्रो गीत सार्वजनिक भएको छ । महा शिवरात्रिको अवसर पारेर ‘हर युग होस्’ बोलको गीत सार्वजनिक गरिएको हो । प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको शीर्ष गीतमा राजेश कुमार श्रेष्ठको शब्द र एलिश कार्कीको सङ्गीत रहेको छ । सार्वजनिक गीतमा फिल्मका चल अचल दृश्यहरू समावेश गरिएको छ । भिडियोमा दुई प्रमुख पात्र प्रेम(प्रदीप) र गीत (कृष्टिना) को प्रेम भाव बोकेको छ ।

गीत को भिडियोमा बाल कलाकार अनुभव रेग्मी र संवृद्धि शाही ठकुरी पनि फिचर्ड छन् । आगामी चैत २८ मा प्रदर्शनमा आउने चलचित्रमा नव-अभिनेत्री क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, संवृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति यस चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको सङ्गीत रहेको छ भने राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ । भूपेन्द्र अधिकारीले सम्पादन रहेको ‘प्रेमगीत ३’ चलचित्र ‘चपली हाइट ३’ सँग प्रतिस्पर्धामा उत्रने छ । यस अघी रिलिज भएको चलचित्र ‘प्रेमगीत ३’ को भएको गीत ‘हात्ती ढुंगामा’ले दर्शकको मन जितेको छ भने यि दुबै गीतले चलचित्रको हाइप बढाउने अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!