शुक्रबार, फाल्गुण ०९, २०७६ || 708  पटक पढिएको

चीनबाट फैलिएको कोरोना भाइरसले विश्वभर त्रास उत्पन्न गरेको छ । नयाँ किसिमको भाइरस भएको कारण खोपको विकास गर्न वैज्ञानिकहरु सक्रिय भएका छन् । चिनियाँ वैज्ञानिकहरुले अप्रिल महिनाको अन्तयसम्ममा खोप बनाएर परीक्षण सुरु गर्न बताएका छन् । शुक्रबार चीनको विज्ञान तथा प्रविधी मन्त्री जु नानपिंगले खोपको परीक्षण अप्रिलको अन्यमा हुने जानकारी दिएका हुन् । कोरोना भाइरसबाट चीन लगायत अन्य २५ देश संक्रमणमा परेको समेत जानकारी दिएका हुन् । विश्वमै आपतकालिन अवस्था सिर्जना भएको घोषणा विश्व स्वास्थ्य संगठनले गरेका छ ।कोरोना भाइरसबाट मूत्यु हुनेको संख्या दुई हजार दुई सय ३६ पुगेको जनाइएको छ । १८ हजार तीन सय जना उक्त भाइरसको संक्रमणबाट उपचार भइ घर फर्केको समेत जनाइएको छ । अहिलेसम्म उक्त भाइरसको संक्रमणबाट करिब ७५ हजार जना मानिस प्रभावित भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!