सुनवर्षी । मोरङ्गको सुनवर्षी नगरपालिका-२ स्थित अमरदहमा ढल्केजोवान अन्तर्राष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिता आगामी फागुन – १३ गतेदेखि सुरु हुने भएको छ ।
ढल्के जाेवन गाेल्डकपकाे तयारीका बारेमा आज दिउँसो विरेन्द्र सार्वजनिक माविको खेलमैदानमा एक पत्रकार सम्मेलनकाे आयाेजना गरी सोको जानकारी दिइएको हो । ३० वर्षमाथिका खेलाडीहरूको सहभागिता रहने उक्त प्रतियोगिता फागुन -२४ गतेसम्म संचालन हुने छ ।
प्रतियोगितामा नेपाल , भारत तथा भुटानका सहित १२ टिमले सहभागिता जनाउने भएका छन् । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको ढल्के जाेवन गाेल्डकप आयोजना क्लवका अध्यक्ष प्रताप तामाङले बताउनुभयो ।
प्रतियोगितामा भुटानको फेर्ण्स भेट्रान फुटबल क्लव तथा भारतको दार्जिलिङ भेट्रान फुटबल क्लब र सिक्किम भेट्रान फुटबल क्लबले भाग लिने छन् भने नेपालका नेपाल आर्मी क्लब, शसस्त्र प्रहरी बल , पोखरा-११ , बुटवल भेट्रान क्लब , हेटौडा भेट्रान क्लब, सुनसरी भेट्रान क्लब , काठमाडौंको लक्षुमण भेट्रान क्लब , झापा भेट्रान फुटबल क्लब तथा आयोजक मोरङ्ग भेट्रान फुटबल क्लबहरूले सहभागिता जनाउने अध्यक्ष प्रताप तामाङ्गले बताउनुभयो ।
प्रतियोगितामा विजयी हुने प्रथम टिमलाई ५ लाख ११ हजार रुपैयाँ तथा द्वितीय हुने टिमलाई २ लाख ५१ हजार रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट खेलाडी , उत्कृष्ट रेफ्री , उत्कृष्ट गोलरक्षक लगायतलाई समेत नगद , ट्रफी ,मेडल तथा प्रमाणपत्र प्रदान गरिने उक्त अवसरमा जानकारी दिईयो ।
सोहि क्षेत्रमा बसोबास गर्ने प्रदेश नं१ का सांसद लीला वल्लभ अधिकारीले १ लाख ४० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरिएको उक्त आयोजनामा सुन्दर हरैंचा, लेटाङ्ग ,सुनवर्षी पथरीशनिश्चरे लगायतका पारिएकाहरु तथा उद्यमी, उद्योगी व्यापारी र व्यापारीहरुले ५० हजार माथिको आर्थिक सहयोग प्रदान गरेको बताइयो ।
सुनवर्षी नगर क्षेत्रको व्यवसायिक प्रवद्धन तथा खेलकुद विकासमा यथेष्ट टेवा पुर्याउने उद्देश्यले आयोजना गरिने उक्त प्रतियोगिता सम्पन्न गर्नका लागि अहिलेसम्ममा ४० लाख बढी आर्थिक संकलन भैसकेको र सोही अनुसार खर्च हुने प्रक्षेपण गरिएको थियो ।
३० वर्ष माथि उमेरका खेलाडीहरूले भाग लिने प्रतियोगिताका लागि धमाधम निर्माण भैरहेको छ। प्रतियोगिताका सहभागी टिमका खेलाडीहरुलाई आउने- जाने यातायातको सुविधा उपलब्ध गराउने भन्दै आयोजकले उनीहरुलाई खान र बस्नको लागि पथरीशनिश्चरे, उर्लाबारी तथा सुनबर्सी नगरपालिकाहरूका विभिन्न होटल तथा लजहरु बुकिङ गरिएको आयोजक क्लबका अध्यक्ष तामाङले बताउनु भयो ।
मोरङ फुटवूल संघ अध्यक्ष दिपेन्द्र धिमालको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा संघका उपाध्यक्ष हेमेश्वर राई, सचिव विनोद राजवंशी, विरेन्द्र सार्वजनिक मा.विका अध्यक्ष सोभित रायमाझी, पूर्व राष्ट्रिय खेलाडी संजिव बुढाथोकी, एन्फा रेफ्री विक्रम कार्की र सजित धिमाल, खेलप्रेमी गणेश थक्लुङ् , लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।