हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 573  पटक पढिएको

वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको छ । धोविनी गाउँपालिका–४ का १२ वर्षीय बालकको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको हो ।

उनलाई नेशनल मेडिकल कलेजबाट नारायणी अस्पतालमा रिफर गरिएको थियो । सोही दिन गरिएको एन्टिजीन परीक्षण पोजेटिभ आएको थियो । चेकजाँचका क्रममा उनमा कोभिड निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहका अनुसार शुरुमा उनलाई ज्वरो आएको थियो । त्यसपछि उनलाई वान्ता भएको र वान्ता सर्किएर श्वासनली हुँदै फोक्सोसम्म पुगेको उनले बताए ।

‘एकातिर कोभिड निमोनिया, अर्कोतिर एस्पिरेसन निमोनिया पनि थियो’ उनले भने, ‘सकेको प्रयास गर्यो तरपनि बचाउन सकेनौं ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!