गत माघ २३ गते पोखरा ३२ सुन्दरीडाँडा, कोठेगाउँमा चितुवाको आक्रमणबाट ज्यान गुमाएकी नौ बर्षिय पुजा बिकको घरमा पोखराका युवा व्यवसायी सन्तोष सुवेदीले हाउस वायरिङ सहयोग गरेका छन् । पुजा बिकको घरको अवस्थाको बारेमा भिडियो हेरेपछि गरिबिको कारणले बिजुली जोड्न नसकेको र यसले गर्दा अझ चितुवाको त्रास भएकाले आफूले सहयोग गरेको सन्तोष बताउँछन् । गाउँलेहरु अझै पनि चितुवाको त्रासमा बाँचिरहेका छन् भने बिजुली बत्ती नबल्दा स्वं पीडितको घरमा अझ बढी त्रास फैलिएको छ । बिहीबार सन्तोषले हाउस वयरिङ गर्दिएपनि बिजुलीको मिटरबक्स र बिजुल पुर्याउने काम कहिले हुने हो अझै अन्योल छ । वडा कार्यालयले छिटै बिजुली बाल्दिने बचनबद्धता गरेपनि घटना भएको १५ दिन सम्म पनि बिजुली पुगेको छैन ।
चितुवा पार्नको लागी गाउँलेहरुले घटना स्थलमा खोर बनाएका छन् तर पनि चितुवा परेको छैन । कहिले बाख्रा त कहिले कुकुर समेत खोरमा हालिएको छ चितुवा कराउँछ आउँत तर खोरमा पर्दैन स्थानीयले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!