हिपमत डटकम

बुधबार, माघ १९, २०७८ || 570  पटक पढिएको

बागलुङका अग्रज पत्रकार विदुर खड्काको ८० वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट ग्रसित खड्काको काठमाडौँमा उपचारका क्रममा आज बिहान निधन भएको पुँवार खड्का समाज बागलुङका उपाध्यक्ष लीलादेवी खड्काले जानकारी दिए ।

दिवङ्गत खड्काको बिहीबार गृहजिल्लामै अन्त्येष्टि गरिने भएको छ । उनको पहलमा विसं २०२८ मा बागलुङबाट ‘धौलाश्री’ साप्ताहिक प्रकाशनमा आएको थियो ।

विसं २०५८ मा दैनिक रुपमा प्रकाशन हुन थालेको उक्त पत्रिका विसं २०६३ मा बन्द भए पनि त्यसको अनलाइन संस्करणले निरन्तरता पाउँदै आएको थियो । खड्काले विसं २०५७ मा गठित नेपाल पत्रकार महासङ्घको तत्कालीन धवलागिरि शाखाको संयोजक भएर काम गरेका थिए ।

उनका तीन छोरा छन् । खड्काकी श्रीमती गङ्गाको पनि निधन भइसकेको छ । खड्काले दिवङ्गत आमा सुमित्रा र श्रीमती गङ्गाको स्मृतिमा ‘सुगङ्गा पुरस्कार’समेत स्थापना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!