
जनकपुर, २१ मंसिर – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कांग्रेस संसदीय दलका नेता यादव सात दलका ७७ सांसदको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए। एमाले नेता सरोज कुमार यादवले राजीनामा दिएपछि कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने मार्ग खुलेको हो।
यसअघि सातदलीय गठबन्धनले दायर गरेको रिटमा सर्वोच्चले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएको थियो। यादवले मंसिर २४ गते विश्वासको मत लिने तयारी गर्दै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने योजना बनाएका छन्।