
“कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधारः आधुनिक र समृद्ध रंगेलीको आधार” भन्ने मुल नाराका साथ रंगेली नगरपालिकाले छात्राहरुलाई साईकल बितरण गरेको छ ।

नगरले संस्थागत तथा सामुदायिक विद्यालयबाट २०७७ सालमा कक्षा १० (एसइई) उत्तीर्ण गर्ने छात्राहरूलाई साईकल वितरण गरेको हाे । नगरभित्र रहेका सामुदायिक तर्फका १२ बटा माध्यमिक बिधालय बाट २ सय ९६ छात्रा र संस्थागत तर्फका ८ बटा बिधालय का १ सय ५ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । बिधालयमा अध्यनरत बिधार्थि हरु मध्ये ७७ सालकाे एसइईमा ४ सय १ जना छात्राहरुलाई साईकल बितरण गरेको छ । नगरले गत बर्षकाे बार्षिक बजेटबाट साे साईकल खरिद गर्ने निर्णय गरेपछि साईकल खरिद गरेर बितरण गरेको हाे ।

नगरपालिकाकाे प्राङ्गणमा एक कार्यक्रम आयोजना गर्दे नगरपालिका साईकल बितरण गरेको हाे । कार्यक्रममाकाे प्रमुख अतिथि नगर प्रमुख दिलिप बगडिया उपमेयर केशव कुमारी खराल, कार्याकारी अधिकृत नवराज कार्की , बडा अध्यक्ष रामचन्द्र मंण्डल, रुपेश मंण्डल, कृष्ण भट्टराई , शिक्षा अधिकृत रबिन्द्र पंण्डत , सुनिल साह, कार्यपालिका सदस्य शंकर साह, संस्थागत बिधालय का शिक्षक बिकर्ण कार्की , भक्तराज सुब्बा, बुद्धिजीवी सुरेश मिश्र , अबिभावक, बिधार्थी, लगायतकाे उपस्थिति समेत रहेको थियो ।

कार्याक्रमका प्रमुख अतिथिले भने नगरपालिकाले ४ सय १ जना छात्रा हरुलाई पठनपाठनकाे लागि आवतजावत गर्ने र बिधालय सम्म पुग्नका लागि सहज र सरल र छात्राहरुले अझै राम्रो संग पढेर समाज र देशकाे लागि केही गर्ने सक्ने हाैसला बढाउनकाे लागि नगरले साईकल बितरण कार्यक्रम राखेकाे बताए । त्यसैगरी आगामी दिनहरुमा समेत अब आउने जनप्रतिनिधि हरु ले यस्तो कार्यक्रमलाई निरन्तरता दिन समेत अग्रह गरका छन । नगरले ४ सय ७ थान साईकल खरिदका लागि Sanyo इन्टरनेशनल प्राइभेट लिमटेड काठमाण्डाैले ठेक्का पाएकाे थियो ।

कम्पनी ले ३३ लाख ९१हजार ८ सय ३६ रुपैयाँ भ्याट सहित टेन्डर पाएकाे थियो । साईकलमा कार्यक्रम सहभागीहरुले यसरी नगरपालिकाले सामुदायिक र संस्थागत बिधालयलाई एक रुपताका साथ हेरेकाेमा नगरपालिकालाई धन्यवाद समेत दिएका छन ।