शुक्रबार, फाल्गुण ०९, २०७६ || 493  पटक पढिएको

छेउमा कोही पुग्दा मुस्कुराउँछन्, बोली आउँदैन। खुला ठाउँमा रमाउन खोज्छन्। पाउँदैनन्। १० वर्षीय जगतबहादुर राउतका लागि बाँसको भाटाले बनाइएको खोर नै संसार हो । उनी दिनभर त्यहीं थुनिन्छन्। राति निदाएपछि ओछ्यानमा लगेर सुताइन्छ।

उज्यालो नहुँदै खोरभित्र थुनिन्छन्। हजुरबा/हजुरआमा उनलाई खोरमा थुनेर काममा लाग्छन्। फर्कंदा बालक कपडामा दिसापिसाब गरेर खेलाइरहेका हुन्छन्। अपांगता भएका मोरङ बेलबारी–२ का जगत टुक्रुक्क बस्न सक्दैनन्। वरपर घस्रिएर मात्रै पुग्न सक्छन्। खाना अर्कैले खुवाइदिनुपर्छ। स्मरणशक्ति कमजोर छ। ७० वर्षीय हजुरबुवा दिलबहादुर राउतले नाति जन्मिएको ६ महिनापछि दाहिने आँखा बन्द भएको जानकारी दिए। जगतको दाहिने खुट्टा र देब्रे हात पनि चल्दैनन्।

घस्रिएर जहाँ पनि जान थालेपछि खोरमा थुन्नुपरेको दिलबहादुरले बताए। उनी चटपटे बेचेर परिवार चलाउँछन्। हजुरआमा इन्द्रमाया सामान्य काम गर्छिन्। सुकुम्बासी रहेका दिलबहादुर र इन्द्रमाया ऐलानी जग्गामा टहरो बनाएर बसेका छन्। टहरो स्थानीय बासिन्दाले बनाइदिएका हुन्। पानी खाने कल नारी विकास नामक संस्थाले गाडिदिएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!