बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ।

धरान उपमहानगरपालिका-९ की ७६ वर्षीया महिलाको कोरोनाका कारण शनिबार बिहान मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।ती महिला मधुमेहकी बिरामी थिइन्। कोरोना पोजेटिभ देखिएपछि शुक्रबार अस्पतालमा भर्ना भएकी थिइन्।

कोरोनाको खोप लगाएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको बिपीका सहप्रवक्ता चुरामणि पोखरेलले बताए। मृतकको शव नियमानुसार व्यवस्थापन गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!