हिपमत डटकम

शुक्रबार, माघ १४, २०७८ || 399  पटक पढिएको

काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित बालाजु औद्योगिक क्षेत्रभित्र रहेको हनुमान मैदा मिलमा काम गर्ने सोही महानगरपालिका-३२ पेप्सीकोला डेरा गरी बस्ने महोत्तरी समसी नगरपालिका-४ घर भएका ६० वर्षीय उमेश झा सोही मिलको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

पाल्पा, रामपुर नगरपालिका-१० जलबिरेस्थित जलविरे सामुदायिक जंगलमा सोही नगरपालिका-१० वर्दले बस्ने ९१ वर्षीया धर्म कुमारी न्यौपाने बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी दोलखा, भिमेश्वर नगरपालिका-७ खोलेभित्तेस्थित खोला किनारामा सोही नगरपालिका-४ जुलु बस्ने ६० वर्षीय कृष्ण बहादुर खत्री बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

संखुवासभा, मकालु गाउँपालिका-५ मुलगाउँ बस्ने ३२ वर्षीय बुद्धीमान राई सोही ठाउँस्थित भिरमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । बुधबार बिहान घरबाट काम बिषेशले स्थानीय बिद्यालय जान्छु भनि हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त भिरमा उनको शव फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!