हिपमत डटकम

शुक्रबार, माघ १४, २०७८ || 304  पटक पढिएको

लागूऔषध मुद्दा र लेनदेन मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा लागूऔषध मुद्दाका फरार प्रतिवादी बारागढी गाउँपालिका-४ बस्ने ६० वर्षीय सुरेन्द्र साह (बनिया) कानु र लेनदेन मुद्दाका फरार प्रतिवादी बारागढी गाउँपालिका-४ पथरा टोल बस्ने ७५ वर्षीय सखिचन महरा रहेका छन् ।

उनीहरुमध्ये सुरेन्द्रलाई जिल्ला अदालत बाराको २०७४ साउन ९ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष ३ महिना २० दिन कैद र १० हजार रुपैयाँ जरिवाना ठहर भएको तथा सखिचनलाई जिल्ला अदालत बाराको २०७५ फागुन १५ गतेको फैसला र २०७७ पुस २७ गतेको आदेशले लेनदेन मुद्दामा ६ महिना कैद ठहर भएको थियो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत बारामा पेश गरिएकोमा अदालतको आदेशानुसार कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!