शुक्रबार, फाल्गुण ०९, २०७६ || 656  पटक पढिएको

दक्षिण कोरियामा कोरोना भाइरसबाट सङ्क्रमित भएका पहिलो व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार बिहीबार ती व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । सङ्क्रमितको मृत्यु भएसँगै दक्षिण कोरियामा पनि कोरोना भाइरसको चुनौती र त्रास थपिएको छ ।

अधिकारीहरुले देशभर झण्डै सय जनामा कोरोना भाइरसको सङ्क्रमण भएको हुनसक्ने अनुमान गरेका छन् । बिहीबार निधन भएका व्यक्ति झण्डै ६० वर्षका पुरुष हुन् । उनी लामो समयदेखि अस्पतालमा उपचार गराइरहेका १५ बिरामीमध्येका व्यक्ति भएको बताइएको छ ।

उनीहरुलाई देशको राजधानी सोलदेखि ३२० किलोमिटर टाढापर्ने चेओङडोमा रहेको अस्पतालमा उपचार गराइएको थियो । दक्षिण कोरियाको रोग नियन्त्रण तथा निवारण केन्द्रद्धारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएका सबैको स्वास्थ्यपरीक्षण भइरहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!