हिपमत डटकम

बुधबार, माघ १२, २०७८ || 305  पटक पढिएको

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब १ केजी ९ सय ग्राम अवैध लागूऔषध गाँजाको खैरो धुलो सहित मकवानपुर थाहा नगरपालिका-८ बस्ने २८ वर्षीय कुमार पुरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५ ख ८७८९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझाँ बिमानस्थलबाट करिब ३३ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित कालिकोट तिलागुफा गाउँपालिका-७ बस्ने ५० वर्षीया कृष्णकला शाहीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेकी उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

तनहुँ, बन्दिपुर गाउँपालिका-१ डुम्रेबजारबाट करिब ३ सय ६० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ३५ वर्षीय शिव कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले अवैध लागूऔषध गाँजा सेवन गरी आफ्नै श्रीमतीलाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डुम्रेबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!