हिपमत डटकम

शनिबार, जेठ ०५, २०८१ || 11444  पटक पढिएको

नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रा.लि.ले उपचारको क्रममा मृत्यु भएका सप्तरी जिल्ला सुरङ्गा नगरपालिका–१ तेतहरीका रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक बनाइएको भन्ने कुरामा सत्यता नरहेको बताएको छ । विभिन्न सञ्चार माध्यमहरुमा समाचार आएपछि हस्पिटलले विज्ञप्ति निकालेर घटनाबारे प्रष्ट पारेको हो ।

अस्पतालले उपचारको क्रममा विरामी रोशन सदाको मृत्यु भएको र अस्पतालको क्लियरेन्स गर्न विरामीको परिवारलाई समय लाग्ने भएपछि विरामीको परिवारले शवलाई शव गृहमा राखेका विज्ञप्तिमा उल्लेख छ । त्यसपछि अस्पताल प्रशासनसम्म विरामीको परिवार, आफन्त, कुरुवा कसैले पनि पैसाको अभाव भई छुट गराइदिन नभनेको बताएको छ ।

मृतकका आफन्तलाई क्लियरेन्स गर्न खबर गर्दा हिजो राती सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसहित अन्य कुरुवाहरु सम्पर्कमा आएकाले आज विहान प्रकृयागत रुपमा ३५ हजार छुट गराई शव लगिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!