हिपमत डटकम

बुधबार, माघ १२, २०७८ || 322  पटक पढिएको

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका-७ घर भई हाल चितवन भरतपुर महानगरपालिका-१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका-१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो । साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघिदेखि फोनमार्फत चिनजान गरी भेट्न बोलाई अर्घाखाँची लगि विवाह गर्ने भनी विभिन्न स्थान हुँदै झुक्याई वीरगंज बसपार्कसम्म ल्याई ईनर्वा नाका हुँदै भारततर्फ बेचबिखन गर्न लैजान लागेको खुल्न आएको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!