हिपमत डटकम

मंगलबार, माघ ११, २०७८

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका-४ छारागाँउका ५५ बर्षीय सिताराम श्रेष्ठ, श्रीमतीको कर्तब्य गरी हत्या गरेको आरोपमा पक्राउ परेका छन ।

गत पौष १६ गते बेलुका ५ बजे देखि धनकुटा ४ कि ५५ बर्षीया सिता श्रेष्ठ हराई बेपता भएको हुलिया निबेदन परेसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाले खोजतलास शुरु गरेको थियो । खोजतलासकै क्रममा श्रीमान समेत घरबाट हराएको पाएसंगै सुक्ष्म अनुसन्धान शुरु गरेको प्रहरी टोलीले सिताराम श्रेष्ठलाई काठमाण्डौबाट माघ ९ गते पक्राउ गरेको थियो ।

श्रेष्ठ पक्राउ परेसंगै सोधपुछको क्रममा श्रीमतीलाई आफैले हत्या गरी घर भित्र नै गाडेको भनी बयान दिएसंगै उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक सहितको टोली खटि गई उत्खनन गर्दा सिता श्रेष्ठको शव घर भित्रै खाल्डो खनी गाडेको अवस्थामा फेला परेको हो ।

यसरी श्रीमतीको हत्या गरी आफैले खाल्डो खनी घर भित्रै गाडेर फरार भएका श्रेष्ठलाई कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया