हिपमत डटकम

मंगलबार, माघ ११, २०७८ || 605  पटक पढिएको

पोखरा। ज्वरोको औषधीको रुपमा प्रयोग हुदै आएको प्यारासिटामोलको पोखरामा चरम अभाव भएको भन्ने समाचारहरु सामाजिक संजालमा आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुगमन सुरु गरेको छ ।

आज मात्रै पोखरामा रहेका दर्जनौ औषधी पसलहरुमा अनुगमन टोलीले छड्के छेक गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण बढे संगै बजारमा सिटामोल औषधीको माग बढ्दै गएको छ । माग बढे संगै औषधीको चरम अभाव भएको भन्ने समाचारहरु आईरहेको छ । के पोखरामा साचिकै औषधीको अभाव भएकै हो ? भन्ने बारेमा धेरै जनाले जिज्ञासा पनि व्यक्त गर्नुभएको थियो ।

पोखराका बिभिन्न औषधी पसलमा अनुगमन गर्दै जाने क्रममा धेरै जस्तो होलसेल पसलहरुमा औषधीको अभाव देखिएपनि बजारमा औषधीको अभाव भने नरहेको व्यापारीहरु बताउछन । कोरोना संक्रमण बढे संगै माग बढेको भएपनि आभाव भएर आतिनु नै पर्ने अवस्था नआएको उनीहरुको भनाई रहेको छ ।

यस्तै अनुगमन गर्दै जादा धेरै पसलहरुमा सोचेको भन्दा फरक दृश्य देखिएको छ । माग बढे संगै होलसेल पसलहरुसंग अबको केहि दिनलाई मात्र पुग्ने औषधी गोजाम्मा रहेको छ छ भने त्यो सबै सकिएपछि के गर्ने भन्ने बारेमा अन्योल कायम नै रहेको हो ।

हेर्नुहोस आज पोखरामा गरिएको अनुगमनमा यस्तो सम्म देखियो भिडियो सहित

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!