हिपमत डटकम

मंगलबार, माघ ११, २०७८ || 462  पटक पढिएको

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बुटाबारीबाट करिब ७ ग्राम ५८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ३३ वर्षीय राजेश स्वारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.५ प ८७४८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी अर्घाखाँची, सितगंगा नगरपालिका-८ सातमाराबाट करिब १ किलो ४ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका-१ पुलचोक बस्ने ४३ वर्षीय बिर बहादुर खत्री र सोही ठाउँ बस्ने ३७ वर्षीय मनोज थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित पक्राउ गरेको हो ।

सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुर बारीबाट करिब ६ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ बस्ने २८ वर्षीय नगेन राई र उदयपुर चौदण्डी नगरपालिका-१ बस्ने ३२ वर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यायल महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी मकवानपुर, मनहरी गाउँपालिका-९ खरंगाबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४९ वर्षीय राम बहादुर घलानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजा बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!