हिपमत डटकम

मंगलबार, माघ ११, २०७८ || 513  पटक पढिएको

काठमाडौंको टोखा नगरपालिका–३ स्थित विष्णुमती करिडोरबाट प्रहरीले दुर्लभ बन्यजन्तु कस्तुरीको विना सहित ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोट घर भएका २९ वर्षीय आशिक तामाङ, धादिङ घर भएका ३५ वर्षका श्याम पाठक र ४० वर्षीय राजु थापा तथा काठमाडौं तारकेश्वर नगरपालिका घर भएका ३४ वर्षीय कृष्ण गुरागाईं छन् ।

 

कस्तुकरीको विना किनबेच हुन थालेको सुराक पाएपछि महानगरीय प्रहरी वृत महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । आरोपीहरुलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागी जिल्ला बन कार्यालय हात्तिसारमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!