हिपमत डटकम

आइतबार, माघ ०९, २०७८ || 520  पटक पढिएको

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ५ हजार ५९८ र एन्टिजेन परीक्षणबाट ८६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १७ हजार ४३७ जनामा कोरोना परीक्षण गरिएको थियो। जसमध्ये १३ हजार ३ सय ७७ जनाको पिसिआर परीक्षण गरिएको थियो। देशभर ७७ हजार ४० जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्। यस्तै १४१६ जना संक्रमणबाट मुक्त भएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३ हजार ७ सय ९१ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८६८, भक्तपुरमा ३२१ र ललितपुरमा ६०२ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!