हिपमत डटकम

बुधबार, माघ ०५, २०७८ || 813  पटक पढिएको

विराटनगर। सुनवर्षी नगरपालिकाले आफनै भवन निमार्णगरि संचालनमा ल्याएको छ । सुनवर्षी नगरपालिका –९ स्थित मुसलिम टोलमा सो पालिकाले भुकम्प प्रतिरोधी क्षमता भएको नगरपालिकाको प्रसासकिय भवन निमार्णगरि संचालनमा ल्याएको हो ।
सवै प्रकारको सुविधा भएको उक्त भवनको नेपाली कांग्रेस नेता एंव पुर्व मन्त्री डा मिनेन्द्र रिजालले एक कार्यक्रममा विच भवनको उद्घाटन गर्नुभयो ।

स्थानियले उपलव्ध गराएको १ विघा ६ कठा जग्गामा ३ करोड ४१ लाख रुपैयाको लागतमा पालिकाले भवन निमार्ण गरेको नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत पुरषोतम घिमिरेले वताउनुभयो । २०७६ साल चैत १० गते भवनको शिलान्यास भएको सो भवन वावुल एण्ड खान जेवी सुनसरीले समय अगावै निमार्ण सम्पन्न गरेको प्रमुख प्रसासकिय अधिकृत घिमिरेले वताउनुभयो ।

३८सय १२ इस्क्वायर फुट क्षेत्रफलमा सो भवन निमार्ण गरिएको छ । भवन निमार्णकालागी प्रदेस १ सरकारवाट १ करोड तथा जिल्ला समन्वय समिति मोरङवाट ७६ लाख रुपैया सहयोग प्राप्त भएको कार्यक्रममा जानकारी गराइएको थियो ।

भवन उद्घाटन गर्नुहुदै सो क्षेत्रका संघिय सासंद समेत रहनु भएको डा रिजालले सुनवर्षी नगरपालिकाले विकास निमार्ण संगै पुर्वाधार निमार्णमा समेत उल्लेखनिय काम गरेको वताउनुभयो । भवन निमार्ण संगै पालिकाले दिेने सेवा प्रभा थप प्रभावकारी हुने उहाको भनाई थियो । त्यसैगरि कार्यक्रम वोल्नुहुदै सो नगरपालिकाका मेयर कालीप्रसाद दासले सिमित श्रोत साधनका वावुजुद नगरपालिकाले सडक निमार्ण कालोपत्रे तथा कृषि, सिक्षा स्वास्थय लगायत क्षेत्रमा उल्लेखनिय काम गरिरहेको वताउनुभयो । शुन्यवाट शुरु गरेको विकास निमार्णको कामले सो पालिकाको अहिले मुहार फेरिएको उहाले वताउनुभयो ।

भवन निमार्णकालागी स्थानिय महताव आलम, हामी अव्दुल रहिम, जमिमुल रहमान , खुर्सिद आलम , इस्तियाक अहमद, उतिउर रहमान लगायतले भवन निमार्णका लागी जग्गा प्रदान गर्नु भएको हो । कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा प्रदेस सभासद लिलावल्लभ अधिकारी , रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्षी नगरपालिकाका उपमेयर मन्जु राई, वर्डा अध्यक्ष तेजनारायण ताजपुरिया, नेपाली कांग्रेसका नेता गोपालराज भण्डारी तथा जग्गादात महताव आललम तथा पदम विनोद घिमिले लगायतले शुभकामना दिनुहुदै नया भवन निमार्णले कार्य सम्पादनमा थप मद्त पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरि सो पालिकाले प्राय सवै वर्डामामा वर्डा कार्यालय भवन निमार्णगरि संचालनमा ल्याएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!