खबर ठुलो छ

केहि समय अघि देखि चर्चामा आएको शो हो “कमेडी च्याम्पियन” जसमा हजारौ प्रतिस्पर्धी बाट छनोट हुदै आ-आफ्नो प्रस्तुति देखाउदै दर्शक तथा जर्जलाइ भरपुर मनोरंजन दिदै अहिले टप ४ बाट टप ३ का लागि आफ्नो प्रस्तुति दिएका हुन भने टप ४ बाट पनि हिमेश पन्त सिधै टप ३ मा पुग्न सफल भएका छन्। कमेडी च्याम्पियनमा प्रत्येक हप्ता को एपिसोडमा नया नया गेस्टलाइ पनि ल्याउने गरिन्छ त्यस्तै अस्ति अर्थात् मंगलबारको एपिसोडमा धुर्मुस सुन्तली तथा सुबोध गौतमलाई ल्याइएको थियो । उक्त एपिसोड मा कमेडि च्याम्पियनका प्रतिभाशाली प्रतिस्पर्धी हिमेश पन्तले ‘पर्फर्मर अफ द डे’ हुदाँ पाएको २५ हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गरेका छन ।

पछिल्लो समय सामाजिक कार्यमा अग्रसर धुर्मुस सुन्तलीले धेरै नेपालीको हितमा आधारित काम गरिसकेका छन् । त्यस्तै उनीहरु अहिले “गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशाला” को निर्माणमा जुटिरहेका छन् । जुन कार्यलाई धेरै नेपाली तथा बिदेशीहरुले आफुले सकेको सहयोग गर्दै आएका छन् भने मंगलबारको एपिसोडमा निम्त्याइएका धुर्मुस सुन्तलीलाइ कमेडी च्याम्पियनमा टप ४बाट सिधै टप ३ मा पुगेका हिमेश पन्तले निर्माणाधीन गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि उक्त रकम सहयोग गरेका हुन ।

धुर्मुस सुन्तलीले गर्न लागेको उक्त कार्य १ जनाको मात्र नभई सम्पूर्ण नेपाली तथा नेपाली खेल प्रेमीहरुका लागि भएकोले उक्त क्रिकेट रंगशाला निर्माणमा धेरै नेपालीहरु जुटिरहेका छन् भने रंगशाला निर्माणका लागि धेरैले सहयोग गर्दै आएका छन् ।त्यस्तै उक्त सहयोगका लागि हिमेश पन्तलाई धुर्मुस सुन्तलीले हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गरेका छन् भने कमेडी च्याम्पियन मै जर्जको भूमिका निर्बाह गरिरहेकी नायिका ऋचा शर्माले पनि २५ हजार सहयोग गरेकी छिन ।

प्रतिक्रिया दिनुहोस
जनमत

एमाले फुट्नु सहि कि गलत ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया