हिपमत डटकम

मंगलबार, माघ ०४, २०७८ || 297  पटक पढिएको

तनहुँ, बन्दीपुर गाउँपालिका-६ धरमपानीस्थित सडकमा ग.१ ज ६५५५ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा जिपमा सवार ६ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा बन्दीपुर गाउँपालिका-६ बस्ने ५३ वर्षीय हरि न्यौपाने, २४ वर्षीय रोसन गुरुङ, ९ महिनाकी आरुबी थापा, ४८ वर्षीया सुसिला देवी न्यौपाने, ४८ वर्षीय सन्त बहादुर गुरुङ र ५० वर्षीया बि माया गुरुङ रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ८ जनाको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भइरहेको छ ।

यसैगरी रौतहट, परोहा नगरपालिका-४ स्थित सडकमा ना.२ त ६३६८ नम्बरको ट्याक्टरमा जोडिएको मिक्चर मेसिनबाट लडेर गौर नगरपालिका-८ बस्ने २५ वर्षीय बिर्जु राउतको शुक्रबार साँझ मृत्यु भएको छ । उक्त मेसिनबाट लडेर गम्भीर घाइते भएका बिर्जुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!