हिपमत डटकम

मंगलबार, माघ ०४, २०७८ || 405  पटक पढिएको

भारतीय टेलिभिजनको ऐतिहासिक टेलिफिल्म ‘महाभारत’का अभिनेता नीतीश भारद्वाज आफ्नी पत्नी स्मितासँगको विवाहको १२ वर्षपछि औपचारिक रुपमा अलग्गिएका छन् । स्मिता पेशाले आईएएस अफिसर हुन । उनीहरुको दुई जम्ल्याहा छोरी छन्, जो आमा स्मिताका साथ इन्दौरमा बस्छन् । नीतीशले ‘महाभारत’मा श्रीकृष्णको भूमिका निर्वाह गरेका थिए ।

हालै एक अन्तरवार्तामा नीतीशले पत्नी स्मितासँग अलग्गिनुको कारणबारे खुलासा गरेका छन् । ‘हो, मैले फेमिली कोर्टमा सम्बन्धविच्छेदका लागि सेप्टेम्बर २०१९ मा निवेदन दर्ता गरेको थिएँ । म त्यो गहिराइमा जान चाहन्न कि के कारणले हामी अलग भयौं ।

यो मामला अदालतमा छ । म यतिमात्र भन्न सक्छु कि सम्बन्धविच्छेद, मृत्युभन्दा पनि शक्तिशाली हुन्छ । खासगरी तब जुन बेला तपाईं एक खालीपनसँग बसिरहनु भएको हुन्छ’, उनले भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन् ।

उनले अगाडि भनेका विषयलाई उदृत गर्दै सञ्चारमाध्यमहरुले लेखेका छन्, ‘म यो संस्थाप्रति भरोसा राख्छु । तर, म यो मामलामा भाग्यमानी छैन । सत्य कुरा बताउँदा विवाह टुट्ने विभिन्न कारण हुनसक्छन् ।

कैयौं पटक तपाईं आफ्नो साथीलाई उसको मनोवृत्तिमा सम्झौता गर्न सक्नुहुन्न, त कहिले क्षतिपूर्तिको कमी हुन्छ । जब कसैको सम्बन्ध टुट्छ, जसले बच्चालाई असर गर्छ । यसको जिम्मेवार अभिभावक नै हुन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!