खबर ठुलो छ

भारतको सलेम बेंगलरु नेशनल हाइवेमा मिनीबस दुर्घटना हुँदा ६ जना नेपाली तीर्थयात्रुको ज्यान गएको छ । बिहीबार बिहान नेपाली तीर्थयात्री चढेको मिनीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा २ जना महिला ४ जना पुरुष रहेका छन् ।

उक्त बसमा ३४ जना यात्रु थिए । घटनामा १८ जना घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार बेंगलरुतर्फ जाँदै गर्दा राजमार्गमा अर्को बससँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको पहिचान खुलेको छ । प्रहरीले दुबै बसका चालकलाई नियन्त्रणमा लिएको छ ।

उक्त गाडीमा रहेका एक तीर्थयात्री अमरनाथ चौधरीका अनुसार सबै जना नेपालको सुनसरी जिल्ला बासी रहेको हुन् । उनीहरु माघ २३ गत ३५ दिनको तीर्थयात्राका लागि भारत गएका थिए ।

बिहिबार, फाल्गुण ०८, २०७६मा प्रकाशित गरिएको
प्रतिक्रिया दिनुहोस
जनमत

आउदो निर्वाचनमा तपाईको मत कुन पार्टीलाई ?

View Results

Loading ... Loading ...
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया